सोमबार, साउन ३० २०७९
ताजा अपडेट

धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली


  • KTM Khabar
  • सोमबार, बैशाख २६ २०७९
3.3K
SHARES

फाइल तस्विर

एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने जिकिर गरेका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बताए ।  एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताए ।

उनले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर पनि गरे ।  ‘केके गर्न सकिन्छ, नचाहिने जति त्यही त्यही गर्छन् ।

सिन्धुपाल्चोकको सभामा एउटा माओवादीको नेताको भाषण युट्युवमा छ । सबै अस्त्र प्रयोग गर्ने, कब्जा गर्ने र आफ्ना मान्छेलाई मात्रै प्रवेश गराएर जसरी पनि जित्ने भनेर भाषण गरेको छ’, ओलीले भने, ‘हामी शान्तिको पक्षमा छौँ ।

शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा छौँ । कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन ।’उनले आफूले शास्त्रको कुरा गर्दा विपक्षीले उखान टुक्का भनेर नबुझेर टिप्पणी गर्ने गरेको पनि बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा