चुनावी माहोल उत्कर्षमा पुग्दै गर्दा अरुबेला तटस्थ भूमिकामा रहने पत्रकारहरु पनि विस्तारै पक्षधरता देखाउन थालेका छन् । कसैले प्रत्यक्ष रुपमा त कसैले परोक्ष रुपमा सामाजिक सञ्जालमार्फत आफ्नो मत प्रकट गर्ने क्रम बढेको छ ।
यसै सिलसिलामा वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले फेसबुक/ट्विटरमार्फत काठमाडौं महानगरको चुनावी माहोलबारे आफ्नो विचार सार्वजनिक गरेका छन् । काठमाडौंमा कांग्रेस उम्मेदवार सिर्जना सिंहको पक्षमा माहोल बनेको उनको आँकलन छ ।
एक महिलाले सिर्जना सिंहलाई आशीर्वाद दिइरहेको तस्वीरसहित पाण्डेले लेखेका छन्, ‘पछिल्ला केही दिनमा सिर्जना सिंहले आफ्नाे स्थिति निर्णायक रुपमा मजबुत बनाएको देखिन्छ ।’
पाण्डेले चुनावका फैसला अब मिडिया र सञ्जालबाट मतपेटिकामा पुगेको उल्लेख गरेका छन् । स्वतन्त्र उम्मेदवार बालेनको पक्षमा सामाजिक सञ्जालमा देखिएको समर्थनलाई लक्षित गर्दै उनले नेपालमा मिडिया वा सोसल मिडिया र मतपेटिकाबीच ठूलै खाडल हुनसक्ने पनि टिप्पणी गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।