बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

लगातार ६ दिन बिदा


  • KTM Khabar
  • सोमबार, बैशाख २६ २०७९
3.4K
SHARES

फाईल तस्बिर

३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा तीन दिन विद्यालय बन्द हुने भएका छन् ।

निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका हुन् । आगामी ३० वैशाखमा स्थानीय तहको मतदानको दिन तोकिएको छ । मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले पनि तीन दिन बिदा दिने तयारी गरिएको हो ।

२८ वैशाखदेखि ३० वैशाखसम्म विद्यालय बन्द हुने स्रोतको दावी छ । बिद्यालयहरुमा मतदान केन्द्र राख्नु पर्ने भएकाकारण बिद्यालय बन्द हुने भएको हो ।

शिक्षा मन्त्रालयअ स्रोतका अनुसार मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकाले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन आग्रह गरिसकेको अबस्था छ ।

मन्त्रालयका अनुसार निर्वाचनको अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशनसमेत दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रबमोजिम आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्वाचनका लागि तीन दिन बिदा दिएसगै लगातार ६ दिन विद्यालय बन्द हुने भएका छन् । ३१ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुई दिन बिदा दिने सरकारी निर्णय भएको तथा २ गते बुद्धजयन्ती परेकाले ३ गते मात्र विद्यालय खुल्ने भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा