बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

यो चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो: प्रचण्ड


  • KTM Khabar
  • सोमबार, बैशाख २६ २०७९
1.1K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँका रूपमा अर्थाएका छन्।

आज एक अपिल जारी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमनलाई साथ दिन पनि आग्रह गरेका छन्। अग्रगमनलाई साथ दिँदै गठबन्धनको पक्षमा मतदान गर्दै अग्रगमनलाई जिताउन अध्यक्ष प्रचण्डको आग्रह छ । प्रतिगमनका पक्षमा जनता उभिने हो भने पुन मुलुक खतरामा जान सक्ने उनको सङ्केत छ ।

‘हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा लिएका छौं,’ उनले भनेका छन्। उनले मुलुक सबृद्द बनाउन र अग्रगमनलाई जिताउन नेपाली जनताले भूमिका निर्वाह गर्नु पर्ने समेत उनको दाबी छ ।

प्रचण्डले यथास्थितिमै रूमल्लिन रहर नभएको पनि बताएका छन्। उनले अग्रगमन र प्रतिगमनको यो लडाइँमा माओवादी र गठबन्धनका उम्मेदवारलाई मत दिन पनि आग्रह गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा