शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीले माधव नेपाललाई भने- सर्पको बच्चालाई दुध खुवाएर पालेको रहेछु !


  • शुक्रबार, बैशाख २३ २०७९
12.8K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल कुलाङ्गार निस्किएकाले निकालेको बताएका छन्। नेता नेपालको गृहनगर गौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले त्यस्तो संज्ञा दिएका हुन्।

उनले पचास वर्षअघि विराटनगरको महेन्द्र मोरङ कलेजमा पढ्दैगर्दा माधव नेपाललाई भेटेको र त्यहीबेला सम्झाएर, बुझाएर राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनाएको पनि बताए। १५ वर्ष पार्टीको प्रमुख जिम्मेवारीमा राखेको, सांसद, मन्त्री, उपप्रधान मन्त्री, प्रधानमन्त्री बनाउँदा पनि नपुगेको अध्यक्ष ओलीको भनाइ छ।

पछिल्लो समय पार्टीविरुद्ध षड्यन्त्र गरेको थाहा पाए पछि नेता नेपाललाई पार्टीबाट हटाएको बताउँदै केपी ओलीले भने, ‘मैले सर्पको बच्चालाई दुध खुवाएर पालेको रहेछु।’

चितवनमा कांग्रेसको सभामा गएर माओवादी नेता प्रचण्डको छोरीको भोट माग्दै १५ वर्ष आफैँले नेतृत्व गरेको एमालेलाई नेता नेपालले कुहिएको फर्सी भनेकोप्रति उनले आक्रोश पोखे। उनले माधव नेपाल आफैँ कुहिएको फर्सी भएको बताए।

‘घर-परिवारमा वा पार्टीमा एउटा कुलाङ्गार निस्कियो भने त्यसले विनास गर्छ,’ उनले भने। माधव नेपालले पार्टी ध्वस्त पार्छ भन्ने थाहा पाएपछि पार्टीले सोही बेला सर्तकता अपनाएको ओलीले बताए।

‘कूपात्र भनेर चिनेपछि मैले माधव नेपाललाई पार्टीबाट हटाएको हुँ। विकासको सोच र कुनै योग्यता नभएको मान्छे हो माधव नेपाल,’ उनले भने। रौतहटको विकास नहुनुको मुख्य दोषी माधव नेपाल नै भएको उनको आरोप छ।

एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारले देश र जनताको हित गर्न नसक्ने बताउँदै  गठबन्धनका उम्मेदवारहरुलाई हराउँदै एमालेले स्थानीय निर्वाचनबाटै एमालेको जनमत प्रमाणित गर्ने दाबी गरे।

उनले मधेसको विकास एमालेको सरकारले मात्र गर्न सक्ने ठोकुवा गरे। स्थानीय सरकारमा एमालेले जितेपछि विकासको कार्य तीब्र गतिमा अगाडि बढ्ने उनको दाबी छ।

एमाले अध्यक्ष त्रिभुवन साहको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका सचिव रघुबिर महासेठ, स्थायी कमिटी सदस्यल तथा पूर्व मन्त्री प्रभु साहलगायतका नेताहरुले चुनावी सभामा सम्बोधन गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा