शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

ब्याक टु ब्याक चर्चामा रहेका श्रेष्ठले पाए वडावासीबाट नसोचेको साथ, विपक्षीको मथिँगल हल्लियो !


  • बिहिबार, बैशाख २२ २०७९
16K
SHARES

२२ वैशाख, काठमाडौँ ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३, चुनिलखेलमा चुनावी रस्साकस्सी चलिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मुख्य ३ दलका उम्मेदवार वडाको नेतृत्व गर्छु भन्ने जोड सहित चुनावी रस्साकस्सीमा लागिरहेका छन् ।

चुनिलखेका हेवीवेट वडाध्यक्ष पदका उम्मेदवार भरत श्रेष्ठको चुनावी रौनक भने हेर्न लायक बनिरहेको छ । नेपाली कांग्रेसबाट एक्लैले चुनाव जित्न सक्ने भन्ने आकलन गरिएका उम्मेदवार श्रेष्ठलाई माओवादी केन्द्रले समर्थन गरेपछि माहौल थप हेर्न लायक बनेको हो ।

विकासवादी नेताको छवि बनाएका श्रेष्ठले यस अघि पत्रकार भेटघाट कार्यक्रमलाई साक्षी राख्दै निर्वाचन भएको खण्डमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । यस कारण पनि उनी थप चर्चामा छन् ।

कांग्रेसका मेयर उम्मेदवार विनोद चालिसे, उपमेयर रमिला वाग्ले, वडाध्यक्ष भरत श्रेष्ठ र वडा सदस्य उम्मेदवार सहितको टिमले वडाको घरदैलो कार्यक्रम गरेको छ । ब्याक टु ब्याक चर्चामा रहेका श्रेष्ठ सहितको टिमलाई वडा नम्बर १३ बासीले नसोचेको साथ देखाए । युवा, समाजसेवी, शिक्षाकर्मी, ज्येष्ठ नागरिकदेखि चुनिलखेका अधिकांश वडावासी घरदैलो कार्यक्रममा सहभागी पनि बने । यसबाट थप हौसिएका श्रेष्ठ सहितको टिमले वडावासीको थप मन जित्नेमा ढुक्क देखिएका छन् ।

एक स्थानीयले भने, वडावासीको समस्यामा अग्राखजस्तै उभिने वडाध्यक्ष उम्मेदवार श्रेष्ठ र अन्य उम्मेदवारलाई व्यक्तिगत समर्थन गरेको हैन । विगतमा वडावासीको समस्या समाधानमा डटेर लागिपर्ने भएका कारण पनि यस्तो समर्थन रहेको हो ।

वडा नम्बर १३ स्थानीयवासी समेत रहेका कांग्रेस महत्त्वपूर्ण नेताहरू न्हुच्छे नारायण श्रेष्ठ, विजेन्द्र श्रेष्ठ, महेन्द्र श्रेष्ठ, राम लाल श्रेष्ठ सहितले वडा घरदैलो कार्यक्रममा सहभागी बने । यसले कांग्रेस जिताऊ अभियानमा काँग्रेस नेताहरू एक ढिक्का छन् भन्ने प्रस्ट पारेको र अभियान सफल हुने सङ्केत देखिएको एक नेता भन्छन् ।

लगभग ३ वर्ष अगाडी वर्षा यामको सममयमा चुनिखेल आवत जावत गर्न नसक्ने सडक अवस्था थियो । यस्तो कठिन समयमा आफैले तत्कालीन समाधानका लागि सडकमा ग्राभेल बिछ्याएर सडक सुचारु गरेका थिए श्रेष्ठले । यस्ता धेरै उदाहरणीय सामाजिक काम गर्दै वडावासीको मन जितेका उनले ‘उज्यालो चुनिखेल’को परिकल्पना गर्दै सडक बत्ती जडान गरी चुनिखेल सडक यत्ति बेला रात्रिकालीन झलमल छ । कोभिड कहरको समयमा ज्यानको बाजी राखेर वडावासीलाई सहयोग गर्न उत्रिएका थिए । आवश्यकलाई खाद्यान्न, स्वास्थ्य सामाग्रीदेखि आर्थिक सहयोग समेत गरेका थिए उनले ।

वडा नम्बर १३ को वडाध्यक्ष पदको रेसमा कांग्रेसबाट भरत श्रेष्ठ, नेकपा एमालेबाट टिका नारायण श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) बाट सुवास श्रेष्ठ रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा