शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

भरतपुरबाट जगन्नाथ पौडेलको देउवालाई चेतावनी मलाई हप्काउन राज्य कोषको ढुकुटी सकेर नआउनोस् !


  • बिहिबार, बैशाख २२ २०७९
13.9K
SHARES

फाइल तस्विर

भरतपुर महागनरपालिकाका मेयरका उमेदवार जगन्नाथ पौडेलले भरतपुरबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नाविरुद्धमा राज्यको ढुकुटी नसक्न चेतावनी दिएका छन् ।

उनले भरतपुरमा भएको सभालाई सम्बोधन गर्दै बिहीबार आफ्नाविरुद्धमा भरतपुरमा आमसभा हुन लागेको बताए ।
उनले स्वतन्त्र उमेदवारलाई सरकारले सुरक्षा दिनुपर्ने भए पनि आफ्नैविरुद्ध राज्यको ढिकुटी खर्च गर्न लागिएको भन्दै आक्रोश व्यक्त गरे ।

“मनोनयन गरेको भोलिपल्टदेखि बर्बाद भयो फिर्ता लिइदिनुप¥यो भनेर लगातार फोन आयो,” उनले भने, “गठबन्धन संविधानको विरुद्धमा थियो । हरेक ठाउँमा गठबन्धन गरेपछि कहीँ श्रीमतीलाई कहीँ बुहारी र कहीँ छोरीलाई दिने विषयको मैले विरोध गरेको हो ।”

उनले आफ्ना नेताहरुप्रति श्रद्धा रहेको भए पनि विधानमाथि कोही हुन नहुने बताए ।

“नेताहरुप्रति श्रद्धा छ । तपाईं नेता हो तर पृथ्वीनारायण शाह होइन, तपाईंको हैकम चल्दैन विधान नेतृत्वले पनि मान्नुपर्छ,” उनले भने, “कसैको कुर्सीको संरक्षणका लागि ल्याएको हो लोकतन्त्र ? यो कुराको छिनोफानो गर्नुपर्छ । ६० हजार मत भएको पार्टी कांग्रेसले २० हजार मत भएको पार्टीलाई अघिल्लोपल्ट नेता मान्यो । तर यसपल्ट कांग्रेसले पाउनुपर्ने होइन ? अब भोलि पनि चाहियो ? हामी दास हो ? यहाँका नेता कार्यकर्ताले सधैं माओवादीलाई भोट दिने हो ? भोलिको आमसभालाई चुनौती दिन्छु जगन्नाथ पौडेलको विरुद्धमा जनसभा गर्न लागेको हो ? मलाई हप्काउन र तर्साउन हो ? आमसभा जनताको हितमा छैन । त्यस्तो अभ्यास सकिनुपर्छ । भोलिको आमसभामा नजानुहोस् । राज्यको ढुकुटीबाट हेलिकोप्टर चढेर आएर स्वतन्त्र उमेदवारविरुद्ध उभिने ?”

उनले प्रचण्डलाई छोरीको उमेदवारी फिर्ता गराउन सुझाव पनि दिए ।

“हाम्रो लागि अहिले बोलिदिने कोही छैन,” पौडेलले भने, “तपाईंकी छोरीलाई फिर्ता गराऔँ भन्न शेरबहादुर देउवाले प्रचण्डलाई भन्न किन नसक्ने ?  मलाई सधैँ दबाब र दण्डको दण्ड ? यो दबाब र अन्यायपूर्ण व्यवहार मैले मान्दिन ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा