काठमाडौँ महानगरमा स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाह दुई ठुला पार्टी काँग्रेस र एमालेका लागि चुनौती बन्दै गएका छन् । युवा पङ्क्ति बालेन तिर झुकाव राख्दै प्रचारमा उत्रिए सँगै नेपाली काङ्ग्रेसबाट मेयरको उम्मेदवार बनेकी सृजना सिंह र एमालेका उम्मेदवार केशव स्थापित लाई बालेन चुनौती बन्न पुगेका हुन ।
दुई ठुला दल एमाले र काँग्रेसलाई स्वतन्त्र उम्मेदवार बालेन चुनौती बन्न सक्ने विश्लेषकहरू बताउँदै आएका छन् । ठुला भनिएका दलका उम्मेदवारका अगाडि स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनौती खडा गर्दै युवाहरूको लर्को सहित घरदैलोमा पुगेका छन् ।
पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट सिर्जना सिंह र एमालेबाट पूर्व मेयर एवं बाग्मती प्रदेशका पूर्वमन्त्री केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत काठमाडौं महानगरको मेयरका उम्मेदवार रहेका छन् ।
पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ र एमालेबाट सुनिता डंगोललगायतका नेता उपमेयरका उम्मेदवार रहेका छन् ।
बलियो र पुरानो पार्टीबाट मेयरमा उम्मेदवारी दिएका नेतामाथि स्वतन्त्र उम्मेदवार रहेका बालेन शाह चुनौतीका रूपमा देखा परेका हुन् । स्थानीयहरूले काठमाडौंमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आङ्कलन गरेका छन् । स्वतन्त्र रूपमा लौरो चुनाव चिन्हमा उठेका बालेन ठुला पार्टीका लागि चुनौती बनेर देखिएका हुन् । उनको पक्षमा युवाहरूको लर्को देखिँदै आएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।