शनिबार, साउन ९ २०८३
ताजा अपडेट

निर्वाचनको परिणाम गठबन्धनकै पक्षमा आउँछ : प्रचण्ड


  • बिहिबार, बैशाख २२ २०७९
13.5K
SHARES

फाइल तस्विर

देशभर गरिएको चुनावी गठबन्धन लयमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।

उनले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने दावी गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका दाहालले पत्रकारसँगको कुरामा गठबन्धनलाई कुनै असर नपर्ने बताएका छन् ।

गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको छ । अब फैसला चितवनको जनताको हातमा छ , ‘उनले भने ,’ उमेदवारी उठ्ने स्वतन्त्रता कोही पनि नेपालीलाई छ । यसको बारेमा धेरे चर्चा गर्न आवश्यक छैन । ‘

चुनावी परिणाम गठबन्धनको पक्षमा आउनेमा आफू ढुक्क रहेको समेत प्रचण्डको दाबी छ । भरतपुरमा बागी उम्मेदवारी परेको छ  नि भन्ने प्रश्नमा चुनावमा उठ्न सबै नागरिकले पाउने बताउँदै तर नतिजा गठबन्धनकै पक्षमा आउने दाबी गरेका छन् ।  गठबन्धन सफलता तर्फ लाग्दै गएको बताएका उनले आगामी स्थानीय चुनाव पछि गठबन्धनको लहर देखिने समेत ठोकुवा गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा