शनिबार, साउन ९ २०८३
ताजा अपडेट

विप्लव पार्टीबाट निकालिए, बास्तोलाको नेतृत्वमा पार्टी पुनर्गठन


  • बुधबार, बैशाख २१ २०७९
12.5K
SHARES

फाइल तस्विर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । यसअघि विप्लवले जिम्मेवारीमुक्त गरेका नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’पक्षीय भेलाले पार्टी पुनर्गठन गर्ने घोषणा गरेको हो ।

आजदेखि चितवनमा सुरु भएको राष्ट्रिय भेलाले महासचिवबाट विप्लवलाई निकालेको घोषणा समेत गरेको छ । भेलाले बास्तोलाको नेतृत्वमा पार्टी पुनर्गठन गर्नेछ ।

स्थानीय तह निर्वाचनमा भाग लिने विप्लवको प्रस्तावपछि सो पार्टीमा विवाद चर्किएको थियो । विवाद बढ्दै गएपछि विप्लवले पार्टीबाट आफूविरोधी नेताहरू बास्तोला र वलीलाई निकालेका थिए ।

बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो । भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए ।  पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिइएको लोहनीले बताए ।

‘पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरुले उल्टाउनुभयो । पार्टीको विधि विधान विपरित स्थानीय चुनावमा जान थाल्नुभयो । हामीले पार्टी निर्णयलाई समाएर बस्यौँ । उल्टै उहाँहरुले हामीलाई कारवाही गर्नुभयो’ लोहनीले भने, ‘हामीले विप्लवजीलाई महासचिवबाट हटाएर पार्टी संयोजक धर्मेन्द्र सरलाई बनायौ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा