आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

गोरखा पालुङटारका कांग्रेसका ५२ उमेदवारले दिए सामूहिक राजीनामा


  • सोमबार, बैशाख १९ २०७९
12.2K
SHARES

गोरखा पालुङटारमा नगरपालिकामा कांग्रेसका तर्फबाट उमेदवार भएका ५२ जनाले सामूहिक राजीनामा दिएका छन् ।

नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य गरी १० वटै वडाबाट उनीहरुले उमेदवारी दर्ता गराएका थिए ।

केन्द्रले गोरखामा जनता समाजवादी पार्टीलाई नेतृत्व दिने गरी परिपत्र गरेर उमेदवारी फिर्ता गराएपछि सबै उमेदवारले सामूहिक राजीनामा दिएका हुन् ।

सभापति शेरबहादुर देउवालाई जसपा संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दबाब दिएका कारण देउवाको दबाबमा उमेदवार फिर्ता गराइएको थियो ।

मेयरको उमेदवार रहेका दीपकबाबु कँडेलले केन्द्रको निर्देशन मान्दै उमेदवारी फिर्ता लिएका थिए । त्यसपछि उक्त नगरमा कांग्रेसका उमेदवार रहेका सबैले उमेदवारी फिर्ता गरेका हुन् ।

“निर्वाचन अधिकृतको कार्यालय पालुङटारले २०७९ वैशाख १६ गते दिनको ठिक ६ बजे प्रकाशन गरेको उमेदवारहरुको अन्तिम नामावलीमा नेपाली कांग्रेसको तर्फबाट उमेदवारी दिएका ५२ जनाकै नाम संलग्न रहेको जानकारीसमेत गराउन चाहन्छौँ,” सामूहिक राजीनामामा भनिएको छ,“विभिन्न सञ्चारमाध्यकमा आएका समाचारअनुसार जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइको दबाबकै कारण नेपाली कांग्रेस पालुङटारले आफ्नो नगर प्रमुख पदको उमेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक छ । यसको घोर भ्रत्सर्ना गर्दछ । यदि नगर प्रमुख पदको उमेदवारी फिर्ता गरि अन्य कुनै पार्टीको उमेदवारलाई समर्थन गर्नुपरेमा नेपाली कांग्रेस पालुङटार नगरपालिकाको सबै ५२ जना उमेदवारहरुकै सामूहिक रुपमा राजीनामा दिने निर्णय गर्दछौँ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा