शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काँग्रेसले भन्यो – गठबन्धनबीचको चुनावी तालमेल सफल भयो


  • सोमबार, बैशाख १९ २०७९
11.9K
SHARES

नेपाली काँग्रेसले सत्ता गठबन्धनबीच समग्ररुपमा स्थानीय तहको चुनावी तालमेल सफल भएको बताएको छ । काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनबीचको चालमेल सफल भएको बताए ।

नले भने, ‘धेरैलाई लागेको थियो । यो तालमेल सफल हुन सक्दैन । ठूलो विद्रोह हुन्छ भन्ने थियो । तर भएन । केही ठाउँमा मात्र साथीहरुले विद्रोह गर्नु भएको छ । ठूलो चित्रमा हेर्दा गठबन्धनबीचको तालमेल भएको छ । समग्रमा ठीक भएको छ ।’  बागी उम्मेदवारी दर्ता गराएकाहरु पनि अब अधिकारी उम्मेदवारको पक्षमा उभिने उनको विश्वास छ ।

गठबन्धनको केन्द्रीय सहमति विपरीत उम्मेदवारी दर्ता गराएका साथीहरु आधिकारिक उम्मेदवारको पक्षमा उभिनुहुन्छ । उम्मेदवारी फिर्ता लिन नमिले पनि वक्तव्यमार्फत उम्मेदवारी फिर्ताको घोषणा गर्नु हुने छ ,’ उनले भने ।
काँग्रेस विधानअनुसार बागी उम्मेदवारी दिने पार्टीबाट स्वतः निष्कासित हुने उनले बताए । तर कतिपय ठाउँमा तालमेलमा मिलाउनुपर्ने कारणले समयमा उम्मेवारी फिर्ता लिन नसकेका हकमा कारबाही नहुने व्यवस्था मिलाइने उनले बताए ।

‘पार्टीको निर्देशन मानेर कसैले वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिन्छ भने उलाई कारबाही हँदैन । काँग्रेसले बागी उम्मेदवारी फिर्ता लिए कारबाही नहुने प्रवन्ध मिलाउने व्यवस्था भइरहेको छ,’ प्रवक्ता महतले भने, ‘हामी काममा लागि रहेका छौं । पार्टीको अनुसाशन नमान्ने कति रहे भनेर सूची जारी गर्छौं ।’

काँग्रेसले महानगर, उपमहानगर र नगरपालिकामा गरी मेयरमा २ सय ६२  र उपमेयरमा १ सय ८४ जानले उम्मेदवारी दिएको महतले बताए । उनका अनुसार काँग्रेसबाट गाउँपालिका अध्यक्षमा ३७२ र उपाध्यक्षमा ३४० मा उम्मेदवारी परेको छ ।

यस्तै काँग्रेसले वडाध्यक्षमा ६ हजार ४३ मा उम्मेदवारी दिएको महतको भनाइ छ । उनका अनुसार महिला सदस्यमा ५ हजार ९ सय ३८, दलित महलिा सदस्यमा पाँच हजार ६ सय ५१ र अन्य दुई सदस्यमा ११ जहार ७ सय ८८ जनाले उम्मेदवारी दिएका छन् । काँग्रेसले समग्रमा ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको महतले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा