शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन


  • सोमबार, बैशाख १९ २०७९
12.5K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् ।

गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् ।

राप्रपाले अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामा विजय हासिल गरेको थियो । राप्रपाविरुद्ध कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । अध्यक्ष लिङ्देनले भने आफूहरु एक्लै चुनाव लडेर परिणाम दोहोर्‍याउने दाबी गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजनीतिलाई पेसाको रुपमा नभई सेवाको भावनाबाट विकास गर्न जरुरी रहेको बताए । भ्रष्टाचार गर्नेहरुलाई राप्रपामा स्थान नभएको बताउँदै उनले भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने चेतावनी दिए । ‘हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्य नरहने कारबाही गर्छौं, थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौं,’ उनले भने, ‘राप्रपा मन, वचन र कर्मले सुशासनप्रति प्रतिबद्ध छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा