बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

टेक्ससका स–साना नानीबाबुहरू बने ‘दीक्षित’ (भिडिओसहित)


  • KTM Khabar
  • बिहिबार, बैशाख १५ २०७९
1.8K
SHARES

१५ वैशाख, काठमाडौँ ।

काठमाडौँको चाबहिल, लामपोखरीमा रहेको टेक्सस मण्टेश्वरी स्कूलले स–साना नानीबाबुहरुलाई दीक्षित गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै युकेजी उत्तीर्ण विद्यार्थीहरूका लागि स्कूलको प्राङ्गणमा दीक्षित गरिएको हो ।

दीक्षित समारोहमा दीक्षित ड्रेस, सर्टिफिकेट प्रदान गरिएको थियो । अभिभावक र विद्यार्थीलाई सँगै समावेश गरेर सर्टिफिकेट, मायाको चिनो समेत प्रदान गरिएको थियो ।

स्कूलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठ र स्कूल संयोजक लेखराज घिमिरेले संयुक्त रूपमा दीक्षित ड्रेसमा सजिएका विद्यार्थीहरूलाई मायाको चिनो र सर्टिफिकेट प्रदान गरे ।

प्रि–प्राइमरी तहको पढाइ पश्चात् कक्षा १ मा प्रवेश गर्ने विद्यार्थी नानीबाबुहरुलाई दीक्षित गरिएको उक्त कार्यक्रम बिहीबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिएको थियो । कार्यक्रम पश्चात् विद्यार्थी र अभिभाभवकहरुलाई सामेल गर्दै विद्यालयले खुसीको क्षण साट्न केक समेत काटिएको थियो ।


आफ्ना कलिला नानीबाबुहरू दीक्षित बन्दा अभिभावकहरुमो मुहारमा स्पष्ट खुसीको गदगदपन देखिएको थियो । स्कूल परिवारलाई धन्यवाद ज्ञापन गर्दै नानीबाबुको आगामी कक्षा १ को पढाई पनि टेक्ससमै अध्ययन गराउने प्रतिबद्धता एक अभिभावकले केटिएम खबरलाई जनाए ।

आफूले राम्रोसँग पढे अथवा असल कर्म गरेको खण्डमा सम्मान प्राप्त हुने रहेछ भन्ने भाव प्रदान गर्नका लागि नानीबाबुहरूका लागि यस खालको कार्यक्रमको आयोजना गरिएको स्कूलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले केटिएम खबरलाई बताए । हरेक वर्ष टेक्ससले विद्यार्थीलाई दीक्षित गर्दै आएको छ । युकेजीको नतिजा पश्चात् यही समयको पेरीफेरीमा अभिभावकहरूलाई साक्षी राख्दै विशेष बधाई ज्ञापन गर्न दीक्षित कार्यक्रम हुने प्रिन्सिपल श्रेष्ठ भन्छन् ।


मण्टेश्वरीदेखि मास्टर्स डिग्रीसम्म पढाइ हुने टेक्सस एजुकेसन नेटवर्क अन्तर्गत मण्टेश्वरी, स्कूल, प्लस टु, ब्याचलर्स/मास्टर्स डिग्री गरी ४ वटा ब्लग रहेका छन् । सोही मध्य चाबहिलको लामपोखरीमा मण्टेश्वरी ब्लग सञ्चालन रहेको छ । जहाँ प्ले ग्रुपदेखि युकेजीसम्म पढाई हुने गर्दछ ।

‘चाबहिल क्षेत्रमा मात्र नभई देशकै उत्कृष्ट शिक्षण संस्था मध्यबाट एक बनेको टेक्ससले आत्मामा शान्ति र पैतलामा प्रगति हुनु पर्छ भन्ने विश्वास राख्दछ ।’ प्रिन्सिपल श्रेष्ठ भन्छन्, ‘पूर्वीय दर्शनले आफू भित्रको रत्न खोज्नु भन्छ, पश्चिमा दर्शनले भौतिक संसारलाई अगाडी बढाउनु पर्छ भन्छ । टेक्सस यस्तो शैक्षिक संस्था हो जसले भौतिक र आध्यात्मिक दुवैको फ्युजन हुने गरी विद्यार्थीको सिकाइलाई अगाडी बढाउँछ । अभिभावको साथ र हाम्रो दूरदर्शी योजनामा अडिग रहेर पाठ्यक्रमको अलावा टेक्ससले योग र ध्यानका कक्षा सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरूलाई संस्कृत विषयमा पनि पाठन गराउँदै आएको छ । यस कारण विद्यार्थी रोजाइमा हामी रहेका छौँ ।’

सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले स्कूलका फाउन्डर, प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठसंग स्थलगत संवाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडिओ अंश:

 

थप तस्विर:

फोटो/भिडिओः केटिएम खबर


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा