शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सिर्जना सिंहलाई काठमाडौं मेयरको उम्मेदवार बनाउँदा सबै खुसी छन् : प्रवक्ता महत


  • बिहिबार, बैशाख १५ २०७९
8.9K
SHARES

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सिर्जना सिंहलाई पार्टीले काठमाडौं महानगरपालिकामा उम्मेदवार बनाउँदा सबै खुसी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा उनले भने, ‘केही ठाउँमा उम्मेदवारका विषयमा विवाद छ । तर काठमाडौंमा कुनै विवाद छैन । सिर्जना सिंहलाई उम्मेदवार बनाउँदा सबै खुसी छन् ।’

सिर्जनालाई आफूले प्रकाशमान सिंहभन्दा पहिला चिनेको भन्दै काठमाडौं बनाउने क्षमता रहेको बताए । काँग्रेसले गफ नगरी काम गर्ने पार्टी रहेको भन्दै त्यसको उदाहरण काठमाडौं र ललितपुर महानगरपालिकाको काम हेरे पुग्ने उनको भनाई छ ।

सिर्जना सिंहको नेतृत्वमा काठमाडौं महानगरपालिकाका ३२ वडामा काँग्रेसलाई जिताउन प्रवक्ता महतले बताए । यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको संकल्प पत्रमाथि गरेको टिप्पणी निर्वाचन आचारसंहिता विपरीत भएको बताए । ओलीको अभिव्यक्तिमाथि निर्वाचन आयोगले एक्सन लिनुपर्ने उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा