शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कार दुर्घटनामा परे गायक प्रमोद खरेल


  • बिहिबार, बैशाख १५ २०७९
11.3K
SHARES

फाइल तस्विर

गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा बिहीबार बिहान १ बजे उनी कार दुर्घटनामा परेका हुन् । आफु कार दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले एउटा अर्काे युद्ध जितियो जिन्दगीसँग भन्दै आफु दुर्घटनामा जानकारी दिएका छन् ।

‘काठमाडौंमा रेकर्डिङ सकाएर हिजो साँझको फ्लाइट लिएर तुलसीपुर दाङको कार्यक्रमका लागि राती १ बजे होटल पुग्नु अगाडि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो’ उनले अगाडि लेखका छन्, ‘अर्ध निन्द्रा मै मेरो होस त्यहि गुमेछ ।

दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसाउँदा मात्रै झन्डै ४५ मिनेट पछि मेरो होस आएछ ।’ राती ४ बजे अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आएको समेत उल्लेख गरेका उनले अहिले आफु बेड रेष्टमा रहेको जनाएका छन् । आयोजकले चलाएको कार सडकको पर्खालमा ठोकिएर दुर्घटनामा परेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा