‘पहाडमा रेलै रेल । मधेसमा खेतै खेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने र ३६५ दिन नै दसैँ घोषणा गर्ने योजना बताउने मुकुन्देले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस नेता गगन थापा उपर कटाक्ष गरेका छन् ।
उनले लेखेका छन् “जसले आफैं अर्कालाई खेताला लगाएर परीक्षा दिन्थ्यो उसैले ट्युसन पढाउने” भन्दै टिप्पणी गरेका हुन् ।
हिजो मात्रै काँग्रेस महामन्त्री समेत रहेका थापाले केपी ओलीलाई बाल कोट पुगेर ट्युसन पढाउने अभिव्यक्ति दिएका थिए । गगन थापाको अभिव्यक्ति लगत्तै मुकुन्देले सामाजिक सञ्जालमा आफैँ अर्कालाई खेताला लगाएर परीक्षा देनेले ट्युसन पढाउने भन्ने बिचार राखेका हुन् । मुकुन्देको यो बिचार गगन थापा लक्षित रहेको स्पष्टै बुझ्न सकिन्छ ।
केही वर्ष अघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत आफ्ना भनाइहरू सार्वजनिक गर्दै आएका छन् । ०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले आफूलाई भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् र मुकुन्दल्याण्ड मार्फत जनतालाई सुख र शान्तिले बस्न पाउने व्यवस्था आफूले मिलाउने बताउँछन् ।
०३५ सालमा भोजपुरमा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ नेपाल देख्न चाहन्छन् ।
बुढेसकालसम्ममा कार्यकारी राष्ट्रपति बनेर मुलुकको अनुहार फेर्ने महत्वकांक्षा सुनाउने मुकुन्देलाई धेरैले पागल ठान्छन् । तर, उनी भने आाफूलाई राजनीतिक विश्लेषक भएको दाबी गर्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।