आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

जेठ १ देखि शनिबार र आइतबार बिदा, कार्यालय समय ९ः३० देखि ५ः३० सम्म


  • बुधबार, बैशाख १४ २०७९
11.6K
SHARES

फाईल- तस्बिर

सरकारले जेठ १ गते शनिबार र आइतबार बिदा दिने भएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको यो निर्णयका बारेमा जानकारी गराएका हुन् ।

“हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने,” निर्णयमा भनिएको छ ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।

शनिवार र आइतबार बिदा दिने निर्णयले पेट्रोलियम खपतमा समेत कमी हुने बताइँदै आइएको छ । हाललाई परीक्षणको रूपमा हेरिने समेत बताइएको छ। बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा