शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

किशोरीहरूले ढुक्कसँग राति हिँड्न सक्ने काठमाडौं बनाउँछु : सिर्जना सिंह


  • बुधबार, बैशाख १४ २०७९
14K
SHARES

फाइल तस्विर

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार रहेकी सिर्जना सिंहले काठमाडौंलाई २४ घण्टा खुल्ने सहर बनाउने घोषणा गरेकी छन् ।

बुधबार नेपाल तरुण दलले काठमाडौंमा गरेको कार्यक्रममा उमेदवार सिंहले आफू विजयी भएमा काठमाडौंलाई किशोरी, महिलाहरूलाई राति पनि ढुक्कसँग हिँड्न सक्ने सुरक्षाको व्यवस्था गर्ने बताइन् ।

“मैले चुनाव जितेपछि पर्यटकीय हिसाबले काठमाडौलाई घुम्न जाऔँ भन्ने सहर बनाउँछु,” उनले भनिन्, “प्रदूषित हैन, स्वच्छ सहर बनाउनु मेरो प्राथमिकता रहनेछ ।” उनले काठमाडौंलाई स्वच्छ मात्र नभई सुरक्षित सहर पनि बनाउने उद्घोष गरिन् ।

“काठमाडौंलाई २४ सै घण्टा खुल्ला रहने स्थानका रूपमा विकास गर्नुछ,” सिंहले भनिन्, “किशोरी युवतीहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्था छ । मैले चुनाव जितेपछि किशोरी, युवतीहरूले पनि रातविरात ढुक्कसँग हिँड्न सक्ने काठमाडौंका लागि सुरक्षा व्यवस्था मिलाउनेछु ।”काँग्रेसको तर्फबाट उम्मेदवार रहेकी सिर्जना सिंह काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी समेत हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा