शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चुनावी तालमेल भएको स्थानको दोहोरो उम्मेदवारी फिर्ता लिन गठबन्धन बैठकले दियो निर्देशन


  • बुधबार, बैशाख १४ २०७९
7.6K
SHARES

फाइल तस्विर

सत्ता गठबन्धनले दोहोरो उम्मेदवारी फिर्ताका लागि निर्देशन दिएको छ । बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन दिएको हो ।

बैठकमा चुनावी तालमेलको समीक्षा भएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए । उनले भने, ‘जहाँ दोहोरो उम्मेदवारी परेको छ,  त्यहाँ हटाउने निर्णय भएको छ ।’ सम्भव भएका ठाउँमा तल्लो तहमा सहमति गरेर साझा उम्मेदवार बनाउने निर्णय भएको यादवको भनाइ छ ।

सत्ता गठबन्धनबीच केन्द्रीय तहमै महानगर र उपमहानगरपालिकामा भएको सिट बाँडफाँटमा पनि दोहोरो उम्मेदवारी परेको छ । ६ महानगर र ११ उपमहानगरपालिकामध्ये अधिकांशमा गठबन्धन भित्रैबाट बागी उम्मेदवारी परेको छ । त्यसलाई फिर्ता गर्न केन्द्रले नै निर्देशन दिएको उनको भनाइ छ । नगर र गाउँपालिकामा सम्बन्धित प्रदेश र जिल्ला गठबन्धनको संयन्त्रलाई साझा उम्मेदवारीका लागि पहल गर्ने जिम्मेवारी दिएको यादवले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा