शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

हैसियत अनुसार तालमेल भएको छ, हेपिएको महसुस गर्नुपर्दैनः महरा


  • मंगलबार, बैशाख १३ २०७९
10.3K
SHARES

फाइल तस्विर

१३ बैशाख, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचतमा तालमेल गर्न सत्ता गठबन्धन सफल भएको दाबी गरेका छन्।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा महराले भने, गठबन्धन सफल भएको छ। बिहान गठबन्धनका पाँच पार्टीका नेताहरुले पनि सफल भयौं भन्नु भएको छ।

गठबन्धनबीचमै उपेक्षा भएको गुनासो आइरहेको छ नि भन्ने प्रश्नमा महराले पार्टीको हैसियत अनुसार तालमेल भएको भन्दै त्यसमा हेपिएको महसुस गर्न नहुने बताए।

कतै कतै कांग्रेसले हामीलाई पेलेको छ,कतै कसैले पेलेको छ, उनले भने, गठबन्धन भनेकै फरक विचार राख्नेहरुबीचको तालमेल हो । आफ्नो क्षमता, हैसियत अनुसार गठबन्धन भएको छ। कसैले हेपिएको महसुस गर्नुहुँदैन । यी कुरा विस्तारै मिल्छ ।

उनले एमालेसँग नमिल्ने गठबन्धनको नीति भए पनि कतै मिलेको भन्दै त्यसमा छलफल भइरहेको जानकारी दिए ।

माओवादीले स्थानीय चुनावका लागि घोषणा पत्र किन ल्याएको हो भन्ने सन्दर्भमा महराले आफूहरुले संघीयताको मर्मलाई ख्याल गरेर अपील मात्रै ल्याएको र आफ्नो विशेषतामा स्थानीय पालिकाले घोषणा पत्र बनाउने बताए ।

‘हामीले पार्टीका तर्फबाट अपील जारी गरेका छौं, उनले भने, केन्द्रीय तहबाट भन्दा स्थानीय स्तरबाटै आफ्नो विशेषता अनुसारको घोषणा पत्र निकाल्ने भनेका छौं । हामीले संघीयतामा विकेन्द्रीकरणलाई जोड दिएकाले केन्द्रबाट निर्णय लाद्नु उपयुक्त हुँदैन्थ्यो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा