आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र अन्तरगत काठमाडौँ महानगरपालिका वडा नम्बर ७ मा कांग्रेस पार्टीले टिकट नदिएको भन्दै रमेश महर्जनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय चुनावमा राम्रा मान्छेलाई बाइपास गरेर पार्टीले आफुलाई अन्याय गरेको भन्दै महर्जनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
काँग्रेस भित्र एउटा सामन्तवाद प्रवृत्ति देखिएको र त्यसलाई शुद्धीकरण गरेर पार्टीलाई लोकतान्त्रिक मूल्य र मान्यता सहित हिँडाउनका लागि आफ्नो वडामा अध्यक्षका लागि उम्मेदवारी दिएको उनको दाबी छ ।
लोकतान्त्रिक मूल्य र मान्यता बिर्सिएर अलोकतान्त्रिक विधि र पद्धतिमा पार्टीलाई हिँडाउन खोज्ने योग्य र राम्रा मान्छेहरूलाई पाखा लाएर पार्टीलाई कमजोर बनाउन खोज्ने प्रवृत्तिलाई अन्त्य गर्न आफुले थालनी गर्दै स्वतन्त्र रूपमा उम्मेदवारी तय गरेको उनको दाबी छ ।
स्थानीय जनतामा आफ्नो छवि राम्रो बनाएका महर्जन काँग्रेसको क्षेत्रीय प्रतिनिधि समेत हुन् । काठमाडौँ क्षेत्र नम्बर ४ काँग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र समेत परेको हुनाले सात नम्बरको काँग्रेस भित्रको खिचातानीले गगन थापालाई समेत असर पर्ने निश्चित देखिन्छ । कामनपा ७ मा काँग्रेसको तर्फबाट आधिकारिक रूपमा विमल होडाले वडा अध्यक्षको टिकट पाएका हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।