शनिबार, साउन ९ २०८३
ताजा अपडेट

उम्मेदवारी दर्ता गर्न पुगेका कांग्रेस नेता कुटिए !


  • सोमबार, बैशाख १२ २०७९
9K
SHARES

फाइल तस्विर

१२ बैशाख, गोरखा ।

नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई कांग्रेसकै युवा कार्यकर्ताले हातपात गरेका छन् । मनोनयन दर्ता गर्न फोटो खिचाउन बसपार्कस्थित एक फोटोस्टुडियोमा गएका उनलाई दिउँसो एक बजेतिर युवा कार्यकर्ताले कुटपिट गरेका हुन् ।

कुटपिटबाट उनको टाउको र हातमा चोटपटक लागेको छ । ‘तरुण दलका सुदीप थापा मगरलगायतका १०, १२ जना केटाहरुले हेलमेट र सिसाले कुटपिट गरेका हुन् ‘ उनले भने, ‘बसिरहेको ठाउँमा एक्कासी आएर हाने । केही बोल्न पनि पाइएन । म त मरेँ भनेको थिएँ ।उनीहरुविरुद्ध ज्यान मुद्धामा उजुरी गर्छु ।’

आफूले टिकट नपाएको झोकमा आकांक्षीमध्ये कसैले कुट्न पठाएको उनले आरोप लगाए । उनले टिकट पाएको खबर पाएपछि कांग्रेसका असन्तुष्ट युवा कार्यकर्ताले कांग्रेसको जिल्ला कार्यसमितिको कार्यालय र नगर समितीको कार्यालयमा तालाबन्दी र धर्ना गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा