आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

किरियापुत्रीले गरे मेयरमा उम्मेदवारी दर्ता !


  • सोमबार, बैशाख १२ २०७९
9.1K
SHARES

११ बैशाख, नवलपुर ।

मातृ शोकमा रहनुभएका नवलपरासी पूर्व नवलपुरका भीमलाल अधिकारीले मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेका जिल्ला सचिवसमेत रहेका अधिकारी पाचँ दिनदेखि मातृ शोक छन् । उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतका कार्यकर्ताको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट नगरपालिकाको उपमेयर पदमा पूर्णकला महतो, वडा अध्यक्षहरुमा क्रमशः वडा नम्बर १ मा रामकुमार पुरी, २ मा रामभक्त अधिकारी, ३ मा मानबहादुर महतो, ४ मा डिल्लीराम महतो, ५ मा गणेश पाठक, ६ मा लक्ष्मण पाठकले उम्मेदवारी दिए ।

यस्तै वडा नम्बर ७ मा मधुविलास अधिकारी, ८ वीरेन्द्र चौधरी, ९ मा हिमालसिं ठकुरी, १० मा रणबहादुर थापा, ११ मा कमल बकबल, १२ मा कान्ता कुमाल, १३ मा अर्जुन पंगेनी, १४ मा मीनबहादुर दर्लामी र १५ मा यम बहादुर के।सीले मनोनयन दर्ता गराएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा