शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मेलम्ची ११ मा तीन युुवाको कडा प्रतिस्पर्धा


  • सोमबार, बैशाख १२ २०७९
10.8K
SHARES

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा राजनीतिमा सक्रिय ३ युवाबीच कडा प्रतिस्पर्धा हुुने भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीले एक अर्कालाई काउन्टर दिनेगरि वडाध्यक्षको उम्मेदवार छनोट गरेका छन् । नेकपा एमालेले ११ नम्बर वडाका लागि चन्द्र बहादुुर तामाङलाई अघि सारेकोे छ । तामाङ एमाले मेलम्ची नगरपालिकाका इन्चार्ज हुन भने यस अघि वडा सदस्यको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय तामाङ यसअघि वडा सदस्य हुुँदाको सक्रियतासँगै वडामा तामाङ समुुदायको बाहुल्यताका कारण उच्च मनोबलका साथ चुुनावी मैदानमा छन् । यस अघि पनि ११ नम्बर वडामा नेकपा एमालेका रुद्र प्रसाद दुुलाल विजयी भएका थिए ।

त्यस्तै नेपाली कांग्रेसले शम्भुु चौलागाईलाई सर्वसम्मत रुपमा ११ नम्बर वडाको वडा अध्यक्ष बनाउने केही दिन अघि मात्र निर्णय गरेको छ । स्वतन्त्र रहेका युवा इन्जिनियर देबराज दुुलाललाई कांग्रेसले वडा अध्यक्ष उठाउने तयारीका साथ तामझामपूर्वक पार्टी प्रवेश गराएको भएपनि भएपनी अन्तिम अवस्थामा चौलागाईलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । मेलम्चीमै रहेर लामो समयदेखि सामाजिक काममा सक्रिय चौलागाईको पारिवारिक पृष्ठभूूमि कांग्रेस हो । उनी यसअघि स्थानीय जनतामा भन्दा पनि पार्टी भित्र जिल्ला,क्षेत्र र स्थानीय तहमा पार्टीको विभिन्न भूमिकामा रहेर संगठनका लागि राम्रो काम गर्ने नेताको रुपमा परिचित छन् । विगत केही बर्षबाट भने गाँउटोलमा उनको पनि सक्रिया र प्रभाव राम्रो रहेको बताइन्छ । विगतमा कमजोर देखिएको कांग्रेस अहिले ११ नम्बरमा बलियो भनेको स्थानीय नेताहरुले पनि बताउँदै आएका छन् । कांग्रेसका पक्षमा अहिले जनलहर देखिएको कारण उनी पनि वडा अध्यक्ष जित्नेमा ढुुक्क छन् ।

त्यस्तै नेकपा माओवादीले वडा नम्बर ११ को वडा अध्यक्षका लागि सुदर्शन सापकोटालाई उम्मेदवारी बनाउन निर्णय गरेको छ । सर्वसम्मत उम्मेदवारमा चयन भएका उनी गत निर्वाचनमा समेत अध्यक्षको प्रत्यासी हुुन । उनी एमालेका रुद्र प्रसाद दुुलालसँग जम्मा २ सय ५० भोटले पराजित भएका थिए । सापकोटाले चुनाबमा पराजय बेहोरे पनि स्थानीय तहमा उनको सक्रियतालाई अन्यपार्टीले समेत चर्चा गर्ने गरेका छन । स्थानीय तहमा जनताको घर दैलोमा चुनावपछिको ५ बर्षमा उनको उपस्थिती बलियो रहेको स्थानीयहरुको भनाई छ । वडाको नीति , वजेट र कार्यक्रममा उनको हस्तक्षेपकारी भूूमिकाले अहिले जनताका माझमा उनको एक खालको लोकप्रियता रहेको बताउँदै आइएको छ । उनी पनि यो पटक वडा अध्यक्ष जित्नेमा निश्चिन्त छन् ।

वडा नम्बर ११ सिन्धुपाल्चोका वडाहरुमा सबै भन्दा बढी मतदाता रहेको वडा समेत हो । मेलम्ची नगरपालीमा रहेका १३ वटा वडा मध्य ११ लाई महत्वपूर्ण वडाको रुपमा समेत हेरिदै आएको छ । अहिले यो वडामा ४ हजार ३ सय २२ जना मतदाता रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा