शनिबार, साउन ९ २०८३
ताजा अपडेट

तालमेलमा समस्या आयो, एमालेले जित्ने भोः चित्रबहादुर केसी


  • सोमबार, बैशाख १२ २०७९
8.2K
SHARES

फाइल तस्विर

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए एमालेलाई मद्दत पुग्ने बताए । उनले तालमेल बिग्रिएका कारण धेरै ठाउँमा एमालेले जित्ने संकेत गरेका छन ।

जनमोर्चाको आधार इलाका प्यूठानमै नेकपा एमालेका नेता सूर्य थापाले जग भत्काइदिएका छन । ४० वर्षदेखि मसालमा सक्रिय राजनीति गरिरहेका अधिकांश नेता कार्यकर्ता थापाकै कारण जनमोर्चा छाडेर एमाले प्रवेश गरिसकेका छन । आफ्नो जनाधार पनि बिग्रेको र गठबन्धनले पनि टुहुरो बनाएपछि केसीमा बिचलन देखिएको छ ।

सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष केसीले भनेका छन्, ‘कतिपय जिल्लाहरूमा चुनावी तालमेलका लागि सहमति कायम हुन सकेका छैनन् र त्यसबारे कैयौँ असमझदारी उत्पन्न हुने गरेका छन् । यदि, त्यो कारणले पाँच दलीय तालमेलमा केही कमजोरी देखापर्यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्नेछ र त्यसका कैयौँ दूरगामी राजनीतिक दुष्परिणाम हुने छन् । जसका लागि त्यसले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’

उनले जनमोर्चालाई एउटा पनि महत्वपूर्ण नगरपालिका नदिएको भन्दै गुनासो पनि गरेका छन् । गठबन्धन दलको बैठकमा भने यसअघि कुनै एउटा महत्वपूर्ण नगरपालिका जनमोर्चालाई दिने सहमति भएको उनको दाबी छ । तर, पछिल्लो समय पटक पटक बसेको बैठकमा पनि गठबन्धनका अन्य दलहरूले दिन वास्तै नगरेको अध्यक्ष केसीको दुःखेसो छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा