आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एमाले बुढानीलकण्ठ मेयरमा मिठाराम अधिकारी


  • सोमबार, बैशाख १२ २०७९
20.7K
SHARES

१२ वैशाख, काठमाडौँ ।

नेकपा एमालेले बुढानीलकण्ठ नगरपालिकाको मेयर पदमा मिठाराम अधिकारीको नाम टुङ्गो लगाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मेयरमा अधिकारीको नाम टुङ्गो लगाएको हो ।

बूढानिलण्कठ नगरपालिका वडा नम्बर १०, कपनका स्थायी बासी रहेका अधिकारी विकासवादी नेताका रूपमा चिन्ने गरिन्छ ।

टिकटका लागि एमाले पार्टी भित्र लामो समय रस्साकस्सी चलेको थियो । अन्ततः अधिकारीलाई मेयरमा उठाउने निर्णय गर्‍यो, एक नेताले बताए ।

केटिएम खबरसंगको संक्षिप्त कुराकानीमा मेयर पदका उम्मेदवार अधिकारीले आफू र नगर पार्टी पङ्क्ति मनोनयन दर्ताका लागि जाँदै गरेको जानकारी दिए । मनोनयन दर्ता पश्चात् नगरको समग्र विकासमा आफ्नो एजेन्डा के हो ? भन्ने बारे जानकारी गराउने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा