शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

भरतपुर महानगरको मेयरमा रेनु दाहालको उम्मेदवारी दर्ता


  • सोमबार, बैशाख १२ २०७९
12.3K
SHARES

सर्वाधिक चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।

गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेद्वारी दर्ता गराएका हुन् ।

मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र  समर्थक कृष्णराज न्यौपाने लब्ली र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने `लब्ली´ रहेका छन् ।

भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा काँग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी काँग्रेसको भरतपुर महानगरपालिका कमिटीका सभापति हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा