काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छन् । स्थानीय चुनावमा काठमाडौँ महानगर काँग्रेसको भगमा परेको थियो । गठबन्धन दलहरूले देशभरिका महानगर भागबन्डा गरेर लिएका थिए ।
सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् । उनले आफूले निर्वाचन जितेमा गृहिणी भत्ता र विधुर भत्ताको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकका लागि अस्पताल सञ्चालन गर्ने योजना रहेको बताइन् ।
उनले काठमाडौं बाहिरका नागरिकका लागि रोजगारीको व्यवस्था गर्ने, कामकाजी महिलाका छोराछोरीका लागि डे केयर स्कुल सञ्चालन गर्ने पनि सुनाइन् ।
आफू प्रकाशमान सिंहको पत्नी मात्र नभई उनीसँग चिनजान अघिदेखि प्रजातन्त्र प्राप्तीको आन्दोलनमा लागेको पनि नेतृ सिंहले बताइन् । नको उम्मेदवारी दर्ता र्यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सभागृह पुगेकी छिन् । सिर्जनाका श्रीमान प्रकाशमान र छोरा प्रभासमान सिंह पनि उम्मेदवारी दर्ता कार्यक्रमको र्यालीमा सहभागी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।