शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

म प्रमाणित मान्छे हुँ, गेम इज ओभर : केशव स्थापित


  • सोमबार, बैशाख १२ २०७९
12.7K
SHARES

फाइल तस्विर

काठमाडौँ आफूलाई हराउने उम्मेदवार कोही नभएको एमाले तर्फबाट मेयरको उम्मेदवार भएका केशव स्थापितको दाबी छ । महत्वका साथ हेरिएको महानगरमा गठबन्धनले एमालेलाई हराउन नसक्ने समेत दाबी गरेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता केशव स्थापितले आफू प्रमाणित मान्छे भएको बताएका छन् । आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने उनको दाबी छ ।

राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भने, ‘म प्रमाणित मान्छे हुँ ।

काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले भने, ‘८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’

गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने उनको दाबी छ । ‘गठबन्धनको डबल, लेखेर राख्नुस्,’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा