शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमालेबाट स्थापितले मेयर र डंगोलले उपमेयरमा दर्ता गराए उमेदवारी


  • सोमबार, बैशाख १२ २०७९
9.7K
SHARES

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले उमेदवारी दर्ता गराएको छ ।

पार्टीको तर्फबाट मेयरमा निर्वतमान वाग्मती प्रदेशसभा सांसद केशव स्थापितले उमेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा सुनिता डंगोलले उमेदवारी दर्ता गराएकी छन् । उनी पूर्व मिस नेवा हुन् ।

काठमाडौं महानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचन एमालेले जितेको थिाये । राप्रपासँग गठबन्धन गरेर चुनाव लडेको एमालेबाट विद्यासुन्दर शाक्य मेयर बनेका थिए ।

आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारबाट मनोनयन दर्ता जारी छ । साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने समय निर्वाचन आयोगले दलहरुलाई उपलव्ध गराएको छ । गएको स्थानीय चुनावमा एमालेले काठमाडौँ महानगर प्रमुख जितेको थियो । आगामी चुनावमा पनि एमालेले मनोनयन दर्ता गरेको छ। मनोनयन दर्ताको क्रममा एमलेका उम्मेद्वार हरुले आगामी निर्वाचनमा अफुहरुको जित हुने समेत दाबी गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा