शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौंका ८ नगरपालिकामा काँग्रेसले छान्यो मेयरका उम्मेदवार


  • सोमबार, बैशाख १२ २०७९
9.6K
SHARES

नेपाली काँग्रेसले काठमाडौ जिल्लाका आठवटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ ।

नेपाली काँग्रेस वागमती प्रदेश कमिटीकाअनुसार कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा उपेन्द्र कार्की, गोकर्णेश्वरमा प्रमुख दीपक रिसाल, उपप्रमुखमा शान्ति नेपाल, चन्द्रागिरीमा प्रमुख घनश्याम गिरी, उपप्रमुखमा यमुनादेवी श्रेष्ठ, तारकेश्वरमा कृष्णहरि महर्जन र श्रृजना वुर्लाकोटी, दक्षिणकाली नगरपालिकामा मोहन बस्नेत र वसन्ती तामाङलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी नागार्जुन नगरपालिकाको मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का, बूढानीलकण्ठको मेयरमा विनोद चालिसे, उपमेयर बाँकी र शंकरापुर नगरपालिकामा मेयर ओम कार्की र उपमेयर समिता श्रेष्ठलाई उम्मेदवार उठाउने भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय चुनावलाई लक्षित गरी सत्ताको नेतृत्वकर्ता समेत रहेको काँग्रेसले उम्मेद्वार हरुको छनौट गरेको हो । आगामी स्थानीय चुनावमा पाँच दलिए गठबन्धनमा सामेल भएर काँग्रेस चुनावी मैदानमा होमिँदै छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा