शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ललितपुरमा कांग्रेसबाट मेयरको टिकट चिरिबाबु महर्जनलाई


  • सोमबार, बैशाख १२ २०७९
12.4K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई टिकट दिएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् ।

उनलाई केहीबेरअघि मात्रै टिकट लिन बोलाइएको छ । “भर्खरै मलाई सञ्चारमन्त्रीको फोन आयो । टिकट पाउनुभयो भन्नुभएको छ । अब म उमेदवारी मनोनयनका लागि जाने तयारी गर्दैछु,” उनले भने ।

सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिइएको भए पनि चिरिबाबु महर्जनलाई दोहोर्याउने कि प्रेमकृष्ण महर्जनलाई दिने भन्ने विवादका कारण टुंगो लाग्न सकेको थिएन ।

शेखर कोइराला समूहले प्रेमकृष्ण महर्जनलाई उमेदवार बनाउनुपर्ने अडान राखेको थियो भने देउवाले चिरिबाबुलाई नै अघि सार्नुपर्ने अडान राखेका थिए ।

काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिराबाबुको कामको जनताले प्रशंसा गरेको पाइएको छ । गएको निर्वाचनमा मेयर जितेका उनले आफ्नो महानगरमा राम्रा कामको थालनी गरेका कारण आगामी चुनावमा समेत उनलाई टिकट दिएको बुझिएको छ। ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु जनता माझ पपुलर मानिन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा