शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौँ महानगरको मेयरमा कांग्रेसकी सिंह मनोनयन दर्ता गर्दै


  • सोमबार, बैशाख १२ २०७९
12.1K
SHARES

फाइल तस्विर

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज मनोनयन दर्ता गर्दैछिन् । मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्‍यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी हुन्।

सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टु‌गो लगाएको हो । मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठ पनि जाने जानेछन् । उनी नेकपा (एकीकृत समाजवादी)का हुन् ।

सिंहले काठमाडौँ महानगरमा काँग्रेसले स्वतः जित्ने दाबी समेत गरेकी छन् । अगाडिको चुनावमा काँग्रेसले महानगर हारेको थियो भने नेकपा एमालेले जितेको थियो । आगामी निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रूपमा काँग्रेस नेता प्रकाशमान सिंह पत्नी समेत रहेकी नेतृ सिर्जना सिंहलाई मेयरको रूपमा उठाएको हो ।

सत्ता गठबन्धन देशैभर गठबन्धन सहित चुनावमा होमिएको हो । आसन्न स्थानीय निर्वाचन आगामी वैशाख ३० गने हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा