शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रिक्सा चालक ध्रुवकुमारले दिए वडाध्यक्षमा उम्मेदवारी


  • सोमबार, बैशाख १२ २०७९
9.8K
SHARES

१२ बैशाख, विराटनगर ।

उनी सिटी रिक्सा चलाउँछन् । त्यसबाट हुने आम्दानीले परिवारको खर्च टर्छ । जीवन बाँच्न दुखजिलो छ । तर, जीवन भोगाइबारे उनलाई कसैसँग गुनासो पनि छैन । चिन्ता छ त राजनीतिमा नैतिकता हराएको विषयमा । उनी बिग्रँदो राजनीतिक चरित्र र विभदेपूर्ण वर्गीय व्यवस्थाको कडा आलोचना गर्छन् ।

उनी हुन् मोरङको विराटनगर महानगरपालिका ६ निवासी ध्रुवकुमार विश्वकर्मा । जसले वडाध्यका लागि उमेदवारी दर्ता गराएका छन् ।

उनी भन्छन्, “स्थानीय सरकार भनेर जनप्रतिनिधि आए पनि दलित जनजातिको कामचाहिँ गरेका छैनन् । ललिपप देखाएका छन् । हुने खानेको मात्र काम भएको छ । कार्यालयमा गयो भने चारपाँच दिनसम्म काम हुँदैन । लोकतन्त्र भन्यो अनि खाली छाडातन्त्र मात्र हुन्छ । म रिक्सा चालक हुँ । अब समस्यामा परेका मानिसलको सेवा गर्न उमेदवारी दिएको छु ।”

विश्वकर्मा विराटनगरको मंगलुबाबा टोलमा बस्छन् । साथीहरूले पनि उमेदवारी दिन भनेपनि उनले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् । “मैले संविधानले दिएको अधिकार प्रयोग गरेको हो । पार्टीले मात्र यो अधिकार प्रयोग गर्ने होइन । हामीले स्वतन्त्र रूपमा पनि उमेदवार बनेर जनसेवा गर्न सकिन्छ,” उनले भने ।

पहिले उनी कांग्रेस र त्यसपछि माओवादीमा लागे । तर, सबै पार्टी उस्तै लागे । चित्त बुझेन अनि स्वतन्त्र उमेदवारी दिए ।

उनी वन विभागमा १२ वर्ष जागिरे थिए । ‘रिटार्यड’ भएपछि पार्टीको राजनीतिमा लागे । तर, नेता र तिनका व्यवहार ठिक लागेन । बुझ्दै गएपछि धेरैले जनताका काम नगर्ने रहेछन् । आफ्नै फाइदा हेर्ने रहेछन् । उनका लागि पार्टीका राजनीतिक काम नै लागेन ।उनी भन्छन्, “म वास्तविक दुःखमा परेका जनताको सेवा गर्नका लागि वडाअध्यक्ष बन्न लागेको हुँ ।” १२ खरी बाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा