शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेबाट टिकट पाएकी गुरुङले गरिन् चुनाव नलड्ने घोषणा


  • सोमबार, बैशाख १२ २०७९
16.3K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा एमालेबाट टिकट पाएकी पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले चुनाव नलड्ने घोषणा गरेकी छन् । आफूभन्दा जुनियरलाई मेयेरको उम्मेदवार बनाएको भन्दै अहिले पनि उपमेयर रहेकी गुरुङले चुनाव नलड्ने घोषणा गरेकी हुन् ।

शनिबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले पोखरा महानगर प्रमुखका लागि सिक्रि चोरको आरोप लागेका दीपक पौडेललाई मेयर र मञ्जुदेवी गुरुङलाई उपमेयर बनाउने निर्णय गरेको थियो ।

तर, गुरुङले पार्टीको निर्णयलाई अस्वीकार गरेकी हुन् । उनले आफूले मेयर र उपमेयर दुवैमा सुरुमै आकांक्षा नराखेको र हाल पार्टीले निर्णय गर्दासमेत आफूलाई नसोधिकनै निर्णय गरेको भन्दै निर्णय अस्वीकार गरेकी हुन् । प्रमुखमा पार्टीबाट मनोनित भएका पौडेल प्रदेश सचिवालय सदस्य हुन् भने गुरुङ केन्द्रीय सदस्य हुन् ।

प्रमुखका लागि मनोनित भएका पौडेल पूर्व शिक्षक हुन् । लामो समय शिक्षण पेशामा बिताएका ‘लोप्रोफाइल’ का पौडेललाई पार्टीले मेयर पदमा मनोनित गरेपछि कास्कीका एमालेवृत्त नै अचम्ममा परेका थिए । मेयर पदका लागि पौडेल, २ जना प्रदेश सांसदसहित १२ जनाले आन्तरिक उम्मेदवारी दिएका थिए ।

लगातार ३ दिनसम्म छलफल गर्दा पनि टुंगोमा पुग्न नसकेपछि अघिल्लो शुक्रबार आन्तरिक निर्वाचनबाट आकांक्षा छनोट गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर, निर्वाचनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच प्यानलै बनाएर मतदान प्रक्रियामा सहभागी हुने भएपछि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । र, आन्तरिक उम्मेदवारी दिएका सबैको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको थियो ।

त्यसको केही दिनपछि काठमाडौंमा बसेको केन्द्रीय सचिवालय बैठकले गण्डकीका सांसदलाई जनप्रनिधि उठ्न नदिने निर्णय गरेको थियो । यसबाट खगराज अधिकारी पक्षले असन्तुष्टि पोख्दै पोखराका पूर्वमेयर समेत रहेका प्रदेश सांसद कृष्ण थापालाई रोक्न पृथ्वीसुब्बा पक्षले ‘षड्यन्त्र’ गरेको आरोप लगाएका थिए ।

एमाले स्रोतका अनुसार गुटअनुसार व्यक्ति छनोट गर्दा चुनावमा असर पर्ने भएकाले साझा उम्मेदवारको खोजी भएको थियो । त्यसक्रममा आकांक्षी दौडमा नरहेकी हालकी उपप्रमुख मञ्जुदेवी गुरुङको नाम अगाडि सारिएको पनि थियो । तर, गुरुङले रुची देखाइनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा