शनिबार, साउन ९ २०८३
ताजा अपडेट

धादिङको मुल सडकमा पाँच जनाको ज्यान गयो


  • सोमबार, बैशाख १२ २०७९
10.5K
SHARES

धादिङमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–७ जुगेखोलामा बस र कार आपसमा ठोक्किएर भएको दुर्घटनामा कारमा सवार चार भारतीयसहित पाँच जनाले ज्यान गुमाएका हुन् ।

काठमाडौँबाट धादिङतर्फ आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा भारत उत्तरप्रदेशका बिमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल, राकेश अग्रवाल रहेका छन् । उनीहरु चारैजना अन्दाजी ३५ देखि ४५ वर्षका छन् ।

दुर्घटनामा कार चालक तनहुँका दिलबहादुर बस्नेतको पनि मृत्यु भएको छ । चालक बस्नेतको काठमाडौस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सामान्य घुम्ती र उकालो बाटोमा कारले ट्याक्सीलाई उछिन्ने क्रममा बसमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । बैशाख ७ गते नेपाल आएका उनीहरु आइतबार पोखराबाट काठमाडौँ फर्कँदै थिए । सोमबार काठमाडौँबाट दिल्ली जाने टिकटसमेत भारतीय नागरिकको साथमा फेला परेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा