बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

कक्षा १२ को परीक्षा तालिका हेरफेर


  • KTM Khabar
  • आइतबार, बैशाख ११ २०७९
6.5K
SHARES

फाइल तस्विर

११ बैशाख, काठमाडौँ ।

कक्षा १२ को परीक्षाको समय तालिका हेरफेर भएको छ । जेठ १६ गतेदेखि सुरू हुने परिक्षाको समय तालिका फेरिएको हो ।

जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।

यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो।

दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ।

याे पनि पढ्नुहाेस्:

केशव स्थापितले दिए राजीनामा

बागमती प्रदेश सभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

आइतवार प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् । उनी डोरमणि पौडेल मुख्यमन्त्री हुँदा भौतिक पूर्वाधार मन्त्री समेत बनेका थिए ।

हेटौंडा आएर उनले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन्। बागमती प्रदेशको पूर्व भौतिक पुर्वाधार विकासमन्त्री समेत रहेका स्थापितलाई नेकपा एमाले सचिवालय बैठकले शनिवार काठमाडौं महानगरपालिका मेयरमा उठाउने निर्णय गरको थियो। उनी काठमाडौं महानगरका पूर्व मेयरसमेत हुन्।

यसअघि नेकपा एमालेले केशव स्थापितलाई काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदार बनाउने भएको थियो।

एमालेको शनिबार बसेको सचिवालय बैठकले काठमाडौँ महानगरको मेयरमा स्थापितलाई उठाउने निर्णय गरेको हो।

यस्तै काठमाडौँको उममेयरमा सुनिता डंगोललाई अघि सार्ने निर्णय भएको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा