सुन तस्करहरूले विदेशबाट सुन तस्करी गरेर भित्राउनका लागि अनेक उपाय अपनाउने गर्दछन् । तस्करहरूले निलेका सुनका चक्की पेटको शल्यक्रिया गरेर निकालिएको, मलद्वार तथा गाेप्य अंगमासमेत लुकाइएका घटना सार्वजनिक हुने गर्दछन् ।
सुन तस्कर तथा भरियाहरूले पैसाका लागि जीवन नै जोखिममा पार्ने गर्दछन् । हालै भारतमा पनि यस्तै एउटा घटना भएको छ । भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा एकजना व्यक्ति आफ्नो मलद्वार तथा टाउकोको तालुमा आधा किलोभन्दा धेरै सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका छन् ।
ती व्यक्ति आबुधाबीबाट भारत आएका थिए । उनले तालु खौरिएर त्यसमा सुनको पाता राखेर त्यस बाहिर नक्कली कपाल टाँसेका थिए भने मलद्वारभित्र पनि सुन कोचेका थिए ।
उनले तालु र मलद्वारमा लुकाएको सुन कुल ६३०।४५ ग्राम थियो । त्यसको मूल्य भारतीय बजारमा साढे ३० लाख भारुभन्दा धेरै पर्दछ । ती व्यक्तिले तालुमा नक्कली कपालले छोपेर लुकाएको सुन बरामद गरिएको रोचक भिडियो सोसल मिडियामा भाइरल बनेको छ । एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।