आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

टिकट नपाएपछि वडाध्यक्षले छाडे एमाले !


  • आइतबार, बैशाख ११ २०७९
8.3K
SHARES

फाइल तस्विर

११ बैशाख, सर्लाही ।

सर्लाहीको हरिवन ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेलले नेकपा एमाले छाडेका छन्। पार्टीले वडाध्यक्षको टिकट अर्को व्यक्तिलाई दिएपछि ढुंगेल एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लागेका हुन्।

एमालेले हरिवन ८ मा विद्यार्थी नेता प्रज्वल ढुंगानालाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। पुनः वडाध्यक्षको टिकटको अपेक्षा गरिरहेका ढुंगेल त्यसप्रति रुष्ट छन्।

आफूलाई मेयर गणेश प्रसाईंले टिकट नदिन षड्यन्त्र गरेको आरोप उनले लगाएका छन्।

टिकट नपाएपछि असन्तुष्ट बनेका ढुंगेलले शनिबारै एकीकृत समाजवादीका नेता तथा मधेस प्रदेशका सांसद डिल्ली उप्रेतीलाई भेटेर आफूले एमाले छाडेको जानकारी गराएका एक नेताले जानकारी दिए।

०७४ मा उप्रेतीकै प्रस्तावमा वडाध्यक्ष बनेका ढुंगेलले पार्टी विभाजन हुँदा भने उप्रेतीको साथ छाडेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा