आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

नेताकार्यकर्ताको प्रेसर थेग्न नसकेपछि लास्ट आवरमा गठबन्धनबाटै बाहिरियो काँग्रेस


  • आइतबार, बैशाख ११ २०७९
8.4K
SHARES

फाइल तस्विर

गोरखा – पाँच दलिय गठबन्धन नै सबै स्थानीय तहमा तालमेल गरेर चुनाव लड्ने योजना बनाएपनि केही स्थानीय तहमा भने निकै सकस वातावरण सिर्जना भएको छ । पटकपटक छलफलको वातावरण सिर्जना भएपनि केही स्थानीय तहमा अझै निचोड निकाल्न स्थानीय नेताहरुलाई हम्मेहम्मे परेको छ ।

यसै क्रममा पटकपटक बैठक बस्दा पनि निश्चित निचोडमा नपुगेपछी नेपाली कांग्रेस गोरखाले गठबन्धन दलबाट बाहिरिने निर्णय गरेको छ । जिल्ला पार्टी कार्यलय गोरखामा पत्रकार सम्मेलन गर्दै गठबन्धन दलबाट बाहिरिने निर्णय गरेको हो ।

जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गर्दै सहमतिका लागि विभिन्न चरणमा बैठक बसेको भएपनि केही नेताका स्वार्थका कारण निर्णयमा पुग्न नसकेको बताए । तर, ती कुन नेताका स्वार्थ थिए उनले खुलाउन चाहेनन् ।

‘आठ पटक बैठक बसेका थियौं’, पत्रकार सम्मेलनमा उनले भने ‘तर सहमति जुट्न सकेन, नितिगत रूपमा छलफल गरेर अघि बढेका थियौं । हामी हदैसम्म लचिलो भएका थियौं ।’ ‘गठबन्धन जोगिन्छ भने लचकता अपनाउन तयार भएको थियौँ,’ उनले भने ‘ हामी सत्तारूढ दल मात्रै नभएर जिल्लाको ठुलो दल भएकाले पनि केही २०७४ कांग्रेस निर्वाचनमा

शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्लामा कांग्रेसलाई पाँच, माओवादी केन्द्रलाई चार र जनता समाजवादी पार्टी ९जसपा० लाई पालुङटार नगरपालिकासहित एक पालिकाको नेतृत्व दिने गरि निर्देशन दिएको थियो ।

जसपलाई पालुङ्टार नगरपालिकाको मेयर दिएको कारणले पनि गठबन्धनमा केही नकारात्मक असर परेको खुलासा भएको छ । अघिल्लो स्थानीय निर्वाचनमा जसपाको शून्य सिट पाएको थियो । र, अहिले दुई सिट दिने भएपछि काँग्रेस र माओवादी केन्द्रले असन्तुष्टि जनाएको थियो । तर अहिलेसम्म जसपा र माओवादी केन्द्रले चाहिँ कुनै औपचारिक रुपमा गठबन्धनबाट बाहिरिने निर्णय लिगेको देखिएको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा