काठमाडौं । काठमाडौं महानगरको भाग पाएको नेकपा एकीकृत समाजवादीलाई गम्भीर धक्का लाग्ने संकेत देखिएको छ । कांग्रेसभित्रैबाट बागी उम्मेदवारी दर्ता भएको हो । पोखरा महानगरको मेयरमा सत्ता गठबन्धनबिरूद्ध कांग्रेस कार्यकर्ता बिमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पोखरा– १४ का कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। पार्टी सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन गरेको भन्दै त्यसविरूद्ध उम्मेदवारी दिएको उनले प्रतिक्रिया दिए।
‘कांग्रेसलाई कम्युनिष्टको चुनाव चिन्हमा भोट हाल्न भनेपछि मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘मेरो उम्मेदवारी फिर्ता हुँदैन।’ पोखरा महानगरको मेयर गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि कास्कीका कांग्रेस कार्यकर्ता रुष्ट छन्। नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरूण दलमा लामो समय रहेका कार्की गत अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।