सोमबार, साउन ३० २०७९
ताजा अपडेट

काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुन्छ : केपी ओली


  • KTM Khabar
  • बिहिबार, बैशाख ८ २०७९
3K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुने बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसले अहिले हाप्सिला बोकेर हिँडेकाले समाप्त हुने बताएका हुन् । उनले एमाले गुणात्मक रुपमा अघि बढेको भन्दै विरोधीहरूको वुद्धि नै नभएको बताए ।

‘हाम्रा विरोधीहरु रचनात्मक छैनन । यिनीहरुका बुद्धिले यिनीहरुलाई नै सिध्याउँछ’ओलीले प्रतिनिधिसभा विघटन सहि भएको र सोही कुरा बोकेर जनतामा जान निर्देशन दिँदै ओलीले भने, ‘नेपाली काँग्रेस पनि चुनौतीको शक्ति हुन्थ्यो तर राम्रो गर्यो ।

काँग्रेस अब नीति, विचार, संगठन, व्यवहार ग्रह, दशा वास्तु कुनै हिसाबले पनि अब अलच्छिन जति बोकेर हिँडेको छ ।’ओलीले भने, ‘कोही हाप्सिला जस्ता छन् । हाप्सिलै हाप्सिला काँध र खोकिलामा बोकेर हिँडेको छ । गठबन्धनसँगै यो पनि समाप्त भएर जाने भो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा