मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

अरूले नसोचे हुन्छ, निर्वाचनमा हामी बहुमत ल्याउँछौ : ओली


  • KTM Khabar
  • बिहिबार, बैशाख ८ २०७९
2.1K
SHARES

फाइल तस्विर

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् ।  केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभर एमालेको संगठन बलियो बनेकाले एमालेले बहुमत ल्याउने दावी गरेका हुन् ।

अबको निर्वाचनमा हामी बहुमत ल्याउन सक्छौ । ७४ मा भएको निर्वाचनमा पनि हामी सरकारमा थिएनौ । तर परिणाम राम्रो ल्याएका थियौ’, अध्यक्ष ओलीले भने, ‘यसपटक तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्छन् । पहिलेको भन्दा स्थिति धेरै राम्रो छ । प्रवेश निषेध भएको प्रदेशमा एमालेले गढ बनाएको छ ।’

उनले नेता कार्यकर्ताहरूलाई सोही आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिँदै सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर घेर्न खोजेपनि सफल हुन नदिने बताए । ओलीले एमाले र सूर्य चिह्न सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो जलेको बताए  । बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालिन नेकपाका नेताहरु माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै उनीहरुको थुतुनो जलेको बताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा