शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गठबन्धनको निर्णयविरूद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्छ : गृहमन्त्री खाण


  • बिहिबार, बैशाख ८ २०७९
9.3K
SHARES

फाईल तस्बिर

सत्ता गठबन्धनको निर्णय विरुद्ध कोही कार्यकर्ता लागे पार्टीले कारबाही गर्ने चेतावनी काँग्रेस नेता तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले दिएका छन् ।

पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरूद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाणको चेतावनी छ।

रूपन्देहीको तिलोत्तमा मणिग्रामस्थित आफ्नै घरमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाणले भने, ‘गठबन्धनविरूद्ध अहिले जो-जो लाग्नुभएको छ, उहाँहरूलाई पार्टीले कारबाही गर्नेछ, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको टिकट दिने बेला उहाँहरूको रेकर्ड हेरिने छ, पार्टीभित्र पनि उहाँहरूको नाम जगेडामा राखिने छ।’

खाणले वर्तमान सरकार गठबन्धनको जगमै बनेकोले नेपाली कांग्रेस गठबन्धनको निर्णयबाट भाग्न नमिल्ने बताए।

‘गठबन्धनबाटै अहिलेको सरकार बनेको हो, नेपाली कांग्रेसको १४ औं महाधिवेशनले समेत निर्वाचनसम्म गठबन्धनलाई जोगाउने निर्णय अनुमोदन गरिसकेकोले गठबन्धन जोगाउनु हाम्रो मूल दायित्व हो,’ उनले भने।

गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन देशभर एकैपटक हुँदा सुरक्षा चुनौती थपिएको भए पनि सरकार सुरक्षा व्यवस्था मजबुत बनाउन लागिरहेको बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा