शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गभर्नरसँग यो सरकारको सुरूदेखि नै समस्या देखिएको हो: प्रचण्ड


  • बिहिबार, बैशाख ८ २०७९
11.6K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै आएको बताएका  छन्।

बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको सहमति रहेको बताए।

‘सुरूदेखि नै सरकार र गभर्नरबीच कहीँ न कहीँ समस्या देखिएकै हो। प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाहमै गभर्नर हटाउने निर्णय भएको खुलस्त भइसकेको छ,’ प्रचण्डले भने।

सरकारले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि काममा फर्किएका छन्।

सर्वोच्चले वैशाख १३ गते यसबारे थप छलफल गर्न दुबै पक्षलाई बोलाएको छ। त्यसपछि सरकार र गभर्नरबीच के भएको हो भन्ने  प्रष्ट हुने प्रचण्डको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा