रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ । युक्रेनमाथि रुसी हमलाको विरोधमा पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका बेला मस्कोले पछिल्लो कदम चालेको हो ।
रुसी विदेश मन्त्रालयले २१ बेल्जियम र १५ हल्यान्ड्सका कूटनीतिज्ञहरूलाई ‘पर्सना नन ग्रेटा’जारी गरेको छ । उनीहरूलाई देश छाड्न दुई साताको समय दिइएको छ । लगातार रुसले युक्रेनमाथि हमला गर्दै आएको छ । रुसले युक्रेनलाई हमलाको विरोधमा पश्चिमा मूलकले कडा आलोचना गर्दै आएका छन् तर रुसले आफूलाई विरोध गर्नुको औचित्य नभएको बताउँदै विरोध गर्ने मुलुकको कडा आलोचना गर्दै आएको छ।
मस्कोले लक्जमवर्गका राजदूतलाई बोलाएर आफ्ना राजदूतलाई देश निकाला गरेको विषयमा विरोध जनाएको गरेको छ । त्यसको बदलामा लक्जमवर्गका राजदूतलाई देश निकालाको निर्णय गर्न सक्ने रुसले चेतावनी दिएको छ ।
युक्रेनमाथि रुसी हमलाको आलोचना भइरहेका बेला यो महिना रुस र ईयूका केही राष्ट्रले एक अर्का देशका राजदूतलाई निकाला गरेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।