शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गठबन्धनभित्र देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन : प्रचण्ड


  • बिहिबार, बैशाख ८ २०७९
10.6K
SHARES

फाइल तस्विर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे ।

धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भन्दै गठबन्धनभित्र देखिनुु स्वाभाविक भएको बताए ।

‘निर्वाचनमा एउटै पार्टीभित्र पनि एउटाले टिकट पाउँदा केही न केही असन्तुष्टि देखापर्छन् त्यसमाथि गठबन्धनभित्र असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता हो, धेरै ठूलो कुरा होइन,’ उनले भने, ‘यसले निर्वाचनको परिणाममा केही फरक पार्दैन ।’ केन्द्रले राष्ट्रिय एकता, संविधानाको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि बुद्धिमतापूर्वक निर्णय गरेको कुरा एक-दुई दिनमा बुझेपछि सबै शान्त हुने उनले विश्वास व्यक्त गरे ।

सत्ता गठबन्धनका दलहरुबीच केन्द्रमा भएको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभर गठबन्धन गर्नुपर्ने उनले बताए । सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने भनिए पनि तालेमललाई नै प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा