शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

राष्ट्र बैंक फर्किंदै गभर्नर अधिकारीले भने– आग्रह–पूर्वाग्रह राखेर काम हुँदैन


  • बुधबार, बैशाख ७ २०७९
11.8K
SHARES

फाइल तस्विर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतबाट मंगलबार पुनर्बहाली भएका अधिकारी बुधबार बिहान साढे ११ बजे राष्ट्र बैंक कार्यालय गएर पुनः काम सुरु गरेका हुन् ।

राष्ट्र बैंकमा पुनर्बहाली गर्दै गभर्नर अधिकारीले सर्वोच्चको फैसला व्यक्तिको लागि भन्दा पनि समग्र प्रणालीको लागि भएको बताए । अर्थमन्त्रीसँग काम गर्न कत्तिको सहज हुनेछ ? भन्ने प्रश्नमा उनले आग्रह–पूर्वाग्रह नराख्ने बताए । “हामी व्यक्ति भन्दा पनि संस्था नै हौँ । नेपाल राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय संस्था हो । आग्रह–पूर्वाग्रह राखेर काम हुँदैन । त्यसमा सतर्क हुनेछौँ,” उनले भने ।

राष्ट्र बैंकका कर्मचारीहरूले गभर्नरलाई स्वागत गर्न सामान्य कार्यक्रम राखे । गएको चैत २४ गते अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा गभर्नर अधिकारीमाथि छानबिन गर्न भन्दै मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गरेको थियो । उक्त समिति गठनसँगै स्वत: निलम्बनमा परेका अधिकारी सरकारको निर्णयविरुद्ध वैशाख ४ गते सर्वोच्च गएका थिए ।

सर्वोच्चले उनीमाथि तत्काल कुनै कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले गएको चैत २४ गतेको मन्त्रिपरिषद्को निर्णय र २५ गतेको सरकारको पत्र तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै दुवै पक्षलाई यही वैशाख १३ गते सर्वोच्च बोलाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा