कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको छ । टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएको हो ।
सो पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ । कैलारी गाउँपालिकामा सो पार्टीबाट चन्द्र डंगौरा थारु (चाँद), धनगढी उपमहानगरपालिकामा मीनराज चौधरी, टीकापुरमा रामलाल डंगोरा थारु, भजनी नगरपालिकामा केवल चौधरी, लम्की चुहा नगरपालिकामा गणेश उपाध्याय र जानकी गाउँपालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीको नाम टुङ्गो लगाएको छ ।
अन्य स्थानीय तहमा बढी आकाङ्क्षी भएकाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । जोशीपुर गाउँपालिकामा दुई जना आकाङ्क्षी रहेकाले टुङ्गो नलागेको बताए । जोशीपुरमा चित्रबहादुर चौधरी र चक्रबहादुर चौधरी र बर्दगोरिया लोकेन्द्र खडका र भजनलाल कठरिया आकाङ्क्षी रहेका छन् । कैलाली अध्यक्ष अध्यक्ष कैलाश चौधरीले भने– पहिचानवादी मधेसी दल रहेका छन् । संगठनका हिसाबले कैलारी, भजनी, जोशीपुर, टीकापुर लगायतमा हामी बलियो रहेका छौँ ।’ उनले अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने बताए ।
शम चौधरीको प्रभाव क्षेत्र मानिएको टीकापुर, जानकी लगायतमा अहिले चार दलले सोही अधिकार र पहिचानको नारा लिँदै उम्मेदवारहरू बनाउने तयारी गरेको छ ।